Kathmandu Press

डा. केसी र सरकारको लिखित सहमतिमा धोका नहोस : यूएसएनपीआरसी

काठमाडौं, असोज २५ : डा.गोविन्द केसी र सरकारबीच भएको आठ बुँदे सहमतिको यूएस-नेपाल पोलिसी रिसर्च सेन्टर (यूएसएनपीआरसी)ले स्वागत गरेको छ।आइतबार यूएसएनपीआरसीका अध्यक्ष राजन...
डा. केसी र सरकारको लिखित सहमतिमा धोका नहोस : यूएसएनपीआरसी

काठमाडौं, असोज २५ : डा.गोविन्द केसी र सरकारबीच भएको आठ बुँदे सहमतिको यूएस-नेपाल पोलिसी रिसर्च सेन्टर (यूएसएनपीआरसी)ले स्वागत गरेको छ।

आइतबार यूएसएनपीआरसीका अध्यक्ष राजन पन्त र कार्यकारी महासचिव सुमन पराजुलीले प्रेस विज्ञप्ति जारी गरि सहमतिको स्वागत गरेको हुन्। सरकारले डा.केसीसँग गरेको सहमतिलाई सुखद भएको जनाउँदै इमान्दारीपूर्व कार्यान्वयनमा जोड दिएका छन्।

विज्ञप्तिमा भनेका छन्, 'डा. केसीले फेरि भविष्यमा अनसन बस्न नपर्ने गरी भएका र गरिएका सम्झौता र सहमतिको इमान्दार र सार्थक कार्यान्वयनका लागि सरकारबाट पहल हुनु महत्वपूर्ण हो भन्ने यूएसएनपीआरसी को धारणा छ।'

अब डा.केसीसँग धोका नहोस भनेर पनि उनीहरुले आग्रह गरेका छन्। 'अहिले कोभिड १९ को स्वास्थ्य महामारी र सरकारबाट भएको ब्यवस्थापनको भयावह अवस्थाले पनि डा. केसीले उठाउँदै आउनुभएका विषय र मागहरु पूरा गरिनु कति महत्वपूर्ण छ भन्ने पुष्टी गर्दछ,' विज्ञप्तिमा भनिएको छ, 'अतः भएका सहमति कार्यान्वनन र सुधारतर्फ सरकार यथासिघ्र अग्रसर होस, र फेरि धोका नहोस भन्ने आग्रह गर्दछौं।'

प्रकाशित मिति: १८:४६ बजे, आइतबार, असोज २५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्