Kathmandu Press

भक्तपुरका गेस्ट हाउसबाट सञ्चालकसहित १४ जना पक्राउ

भक्तपुर, असोज २५ : महानगरीय प्रहरी वृत्त थिमिले विभिन्न गेस्ट हाउसमा छापा मार्दा सञ्चालकसहित १४ जनालाई पक्राउ गरेको छ।उनीहरुलाई अनैतिक क्रियाकलापमा संलग्न रहेको...
भक्तपुरका गेस्ट हाउसबाट सञ्चालकसहित १४ जना पक्राउ

भक्तपुर, असोज २५ : महानगरीय प्रहरी वृत्त थिमिले विभिन्न गेस्ट हाउसमा छापा मार्दा सञ्चालकसहित १४ जनालाई पक्राउ गरेको छ।

उनीहरुलाई अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। ठिमी क्षेत्रमा सञ्चालित विभिन्न गेस्ट हाउसमा लकडाउनपछि अनैतिक गतिविधि हुने गरेको गुनासो आएपछि छापा मारिएको प्रहरीको भनाइ छ।

महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले शनिबार खुलेकामध्ये ठिमी क्षेत्रका बालकुमारी, सुनकोशी र सनसाइन गेस्ट हाउसमा छापा मारी उनीहरुलाई पक्राउ गरिएको बताए।

यसैबीच शनिबार नै चिया पसलमा दैनिक जुवातास खेलाउने गरेको सूचनाका आधारमा प्रहरीले छापा मार्दा एक लाख नौ हजार तीन सय रुपैयाँसहित चार जनालाई पक्राउ गरेको छ।

प्रकाशित मिति: १७:३५ बजे, आइतबार, असोज २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्