Kathmandu Press

दाङमा रुपन्देहीकी कोरोना संक्रमित महिलाको मृत्यु

घोराही, असोज २४ :  दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। रुपन्देहीको तिलोतमा नगरपालिका–३ की ६६ वर्षीया...
दाङमा रुपन्देहीकी कोरोना संक्रमित महिलाको मृत्यु
फाइल तस्वीर।

घोराही, असोज २४ :  दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। 

रुपन्देहीको तिलोतमा नगरपालिका–३ की ६६ वर्षीया महिलाको कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचारका क्रममा शनिबार मृत्यु भएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिए।
 
लुम्बिनी प्रादेशिक अस्पतालमा स्वाब परीक्षण गर्दा असोज २२ गते कोरोना पोजेटिभ देखिएकी उनलाई बुटवलमा आइसीयू खाली नभएपछि उपचारका लागि शुक्रबार दाङ ल्याइएको थियो।

ती महिलालाई लामो समयदेखि मधुमेह र उच्च रक्तचापको समेत समस्या रहेको थियो। 

प्रकाशित मिति: २३:१३ बजे, शनिबार, असोज २४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्