Kathmandu Press

दाङमा शनिबार थपिए ९३ जना कोरोना संक्रमित

घोराही, असोज २४ :  दाङमा थप ९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शनिबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दाङमा थप ९३...
दाङमा शनिबार थपिए ९३ जना कोरोना संक्रमित

घोराही, असोज २४ :  दाङमा थप ९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

शनिबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दाङमा थप ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानले जनाएको छ। थपिएका नयाँ संक्रमितमध्ये ६९ जना पुरुष र २४ जना महिला रहेका छन्।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या  १ लाख ५ हजार ६८४ पुगेको छ। संक्रमितमध्ये ७४ हजार २५२ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म  ६१४  जनाको मृत्यु भएको छ।  

प्रवक्ता गौतमका अनुसार शनिबार कोरोनालाई जितेर १२२९ जना अस्पतालबाट डिस्चार्ज भएका छन्।

प्रकाशित मिति: २३:०३ बजे, शनिबार, असोज २४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्