Kathmandu Press

कर्णालीमा थपिए १७६ जना कोरोना संक्रमित, सुर्खेतका मात्रै १३४ जना

काठमाडौं, असोज २४ :  सुर्खेतमा १३४ सहित कर्णाली प्रदेशमा थप १७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शनिबार प्रादेशिक अस्पताल सुर्खेत र कर्णाली...
कर्णालीमा थपिए १७६ जना कोरोना संक्रमित, सुर्खेतका मात्रै १३४ जना

काठमाडौं, असोज २४ :  सुर्खेतमा १३४ सहित कर्णाली प्रदेशमा थप १७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

शनिबार प्रादेशिक अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा सुर्खेतमा १३४ सहित कर्णाली प्रदेशमा थप १७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।  

सुर्खेतमा १३४, सल्यानमा १२, रुकुम पश्चिममा ११, दैलेखमा १०, जुम्लामा ८ र कालिकोटमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या  १ लाख ५ हजार ६८४ पुगेको छ। संक्रमितमध्ये ७४ हजार २५२ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म  ६१४  जनाको मृत्यु भएको छ।  

प्रवक्ता गौतमका अनुसार शनिबार कोरोनालाई जितेर १२२९ जना अस्पतालबाट डिस्चार्ज भएका छन्।

प्रकाशित मिति: २२:५२ बजे, शनिबार, असोज २४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्