Kathmandu Press

चितवनमा होम आइसोलेसनमा बसेका कोरोना संक्रमित वृद्धको मृत्यु

चितवन, असोज २४ : चितवनमा होम आइसोलेसनमा बसेका एक वृद्धको मृत्यु भएको छ।कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका भरतपुर महानगरपालिका–२० माइली चोकका ६७...
चितवनमा होम आइसोलेसनमा बसेका कोरोना संक्रमित वृद्धको मृत्यु
फाइल तस्वीर

चितवन, असोज २४ : चितवनमा होम आइसोलेसनमा बसेका एक वृद्धको मृत्यु भएको छ।

कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका भरतपुर महानगरपालिका–२० माइली चोकका ६७ वर्षीय पुरुषको मृत्य भएको हो।

ती वृद्धको गएराति मृत्यु भएको हो। क्यान्सरका बिरामी ती वृद्धमा असोज २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो। योसँगै चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ।

चितवनमा अहिलेसम्म दुई हजार ५९७ जनामा कोरोना पुष्टि भएको छ। स‌ंक्रमितमध्ये एक हजार ५५३ जना निको भएर घर फर्किसकेका छन्।
 

प्रकाशित मिति: १६:१७ बजे, शनिबार, असोज २४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्