Kathmandu Press

काठमाडौंका केही स्थानमा आज ६ घण्टा बत्ती जाने 

काठमाडौं, असोज २४ : आज काठमाडौंका केही स्थानमा ६ घण्टा बत्ती जाने भएको छ ।जोरपाटी वितरण केन्द्र अन्तर्गत मूलपानी रिंगमेन लाइन र मूलपानी...
काठमाडौंका केही स्थानमा आज ६ घण्टा बत्ती जाने 

काठमाडौं, असोज २४ : काठमाडौंका केही स्थानमा आज ६ घण्टा बत्ती जाने भएको छ ।

जोरपाटी वितरण केन्द्र अन्तर्गत मूलपानी रिंगमेन लाइन र मूलपानी स्विचिङबाट सञ्चालित मूलपानी, गोठाटार, डाँछी र साँखु फिडर अन्तर्गतका लाइनमा जोडिएका रुखका हाँगाबिँगा काट्नुपर्ने भएकाले काठमाडौंका केही स्थानहरुमा ६ घण्टा बत्ती जाने भएको हो ।

नेपाल विद्युत प्राधिकरणका कारण मूलपानी, काँडाघारी, सनसिटी, गोठाटार, ग्रिनहिल सिटी, थली, डाँछी, भद्रवास आलापोट, गागलफेदी, इन्द्रायणी, साँखु, लप्सीफेदी, नांग्लेभारे र जरसिंहपौवा आसपासका क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म बिजुली आपूर्ति रोक्न लागिएको हो ।

तोकिएको समयभन्दा अगाडिनै काम सकिए छिट्टै विद्युत दिने पनि प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति: १४:१४ बजे, शनिबार, असोज २४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्