Kathmandu Press

चितवनमा थपिए ३५ जना कोरोना संक्रमित 

काठमाडौं, असोज २४ : चितवनमा थप ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।भरतपुर अस्पतालको कोभिड १९ ल्यावमा गरिएको २८९ जनाको स्वाब...
चितवनमा थपिए ३५ जना कोरोना संक्रमित 

काठमाडौं, असोज २४ : चितवनमा थप ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

भरतपुर अस्पतालको कोभिड-१९ ल्याबमा गरिएको २८९ जनाको स्वाब परीक्षणमा ३५ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमित ३५ जना सबै चितवनका हुन् । संक्रमित हुनेहरू १४ वर्षीया बालिकादेखि ६९ वर्षका वृद्धसम्म छन्।

भरतपुर अस्पतालले शुक्रबार बेलुकी सार्वजनिक गरेको परीक्षण रिपोर्ट अनुसार भरतपुरका ९ पुरूष र ८ महिलामा संक्रमण पुष्टि भएको छ।

यस्तै, राप्तीका ४ पुरूष र १ महिला, खैरहनीका १ महिला, रत्ननगरका ४ पुरूष र २ महिलामा पनि संक्रमण पुष्टि भएको छ। इच्छाकामनाका २ महिला र माडीका २ पुरूष र २ महिलामा पनि संक्रमण भएका छन्। 

प्रकाशित मिति: १३:१३ बजे, शनिबार, असोज २४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्