Kathmandu Press

पूर्वाधारका नयाँ क्षेत्रमा दक्ष जनशक्तिको अभाव : मन्त्री नेम्वाङ

काठमाडौैं, असोज २३ : भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङले सरकारले भौतिक पूर्वाधारका नयाँ–नयाँ क्षेत्रलाई अगाडि बढाइएको भएपनि त्यसमा आवश्यक कतिपय प्राविधिक...
पूर्वाधारका नयाँ क्षेत्रमा दक्ष जनशक्तिको अभाव : मन्त्री नेम्वाङ

काठमाडौैं, असोज २३ : भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङले सरकारले भौतिक पूर्वाधारका नयाँ–नयाँ क्षेत्रलाई अगाडि बढाइएको भएपनि त्यसमा आवश्यक कतिपय प्राविधिक जनशक्ति स्वदेशमा उपलब्ध नभएको बताएका छन्।

गैरआवासीय नेपाली संघले शुक्रबार आयोजना गरेको दोस्रो विश्व ज्ञान सम्मेलनमा उनले गैरआवासीय नेपालीहरुसँग भएको ज्ञान, सीप र प्रविधि नयाँ नेपाल निर्माणमा लगाउन आग्रह गरे। अहिले भौतिक पूर्वाधारको क्षेत्रमा रेल, सुरुङमार्ग र मेट्रोरेल थपिने क्रममा रहेको उनले बताए। 

मन्त्री नेम्वाङले भने,“हामीले रेल चलाउनका लागि पनि नेपाली दक्ष नभएकाले विदेशी ल्याउनुपर्ने अवस्था छ।” उनले नेपाल अहिले कम विकसित देशको सूचीमा भएपनि भौतिक पूर्वाधार निर्माणमा लगानी सुनिश्चित गरी मध्यम आय भएको मुलुकको रुपमा स्थापित हुने लक्ष्य लिइएको बताए। 

सन् २०२२ सम्ममा कम विकसित मुलुकको सूचीबाट माथि उठाउने, सन् २०३० सम्ममा दिगो विकासको लक्ष्यहरु हासिल गर्ने र सन् २०३० सम्ममा नेपाल मध्यम आय भएको देशको रुपमा विकास गर्ने लक्ष्य लिइएको उनको भनाइ छ। सरकार व्यवस्थित, सुरक्षित र सुविधासम्पन्न शहर विकास गर्न लागेको बताउँदै मन्त्री नेम्वाङले २७ नयाँ शहर, १५ स्मार्ट सिटी, पाँच हिमाली शहर र २० वटा शहरमा सघन सहरी विकास कार्यक्रम सञ्चालनमा रहेको उनले जानकारी दिए। उनले भने,“अन्य शहरलाई थप व्यवस्थित गर्न ‘एक शहर एक पहिचान’को कार्यक्रम समेत अगाडि बढाइएको छ।”

पालुङटार नगरपालिकाका प्रमुख इञ्जिनीयर दिपकबाबु कँडेलले परम्परागत संरचनाहरुको संरक्षणको आवश्यकता औँल्याए। कतिपय संरचना अहिले हटेकाले पनि प्राकृतिक विपद् बढेको उनको भनाइ छ। कार्यक्रममा ६ जना विज्ञहरुले भौतिक पूर्वाधार विकासको विभिन्न क्षेत्रसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए।

रेल विभागका अधिकारीसँग छलफल 

भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माणको प्रगति र आगामी दिनको योजनाबारे रेल विभागसँग छलफल गरेका छन्। विभागको निरीक्षणका लागि विशालनगरस्थित कार्यालय पुगेका मन्त्री नेम्वाङले विभागको कामकारवाहीबारे जानकारी लिएका थिए।

विभागको महानिर्देशकका रुपमा प्रमिलादेवी बज्राचार्यले जिम्मेवारी सम्हालेको एक सातापछि उनले शुक्रबार विभाग पुगेर कर्मचारीसँग छलफल गरेका हुन्। उनले पूर्व—पश्चिम विद्युतीय रेलमार्गको काकँडभिट्टा–इनरुवा खण्ड, इनरुवा–बर्दिवास खण्ड र बर्दिवास–निजगड खण्डको ट्रयाकबेडबारे जानकारी लिए। 

महानिर्देशक बज्राचार्यले विभागले गरिरहेको कामको जानकारी दिइन्। रेल विभागका अधिकारीहरुले मन्त्री नेम्वाङलाई मेट्रो रेलसम्बन्धी विषयमा पनि जानकारी गराएका थिए। रासस

प्रकाशित मिति: ०१:३२ बजे, शनिबार, असोज २४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्