Kathmandu Press

स्याङ्जामा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

वालिङ, असोज २३ : स्याङ्जामा स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।शुक्रबार वालिङबाट हेलुतर्फ जाँदै गरेको पायोनियर हायर एजुकेसन ऐकेडेमीको...
स्याङ्जामा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

वालिङ, असोज २३ : स्याङ्जामा स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।

शुक्रबार वालिङबाट हेलुतर्फ जाँदै गरेको पायोनियर हायर एजुकेसन ऐकेडेमीको ग १ क ४३७० नम्बरको बसले विपरीत दिशाबाट आइरहेको ग १३ प २८१४ नम्बरको मोटरसाइकललाई भीरकोट–१ दार्सिङस्थित सिद्धार्थ राजमार्गमा ठक्कर दिएको हो। 

बसको ठक्करबाट भीरकोट–३ बानेथोक देउराली घर भई हाल कपिलवस्तु बस्ने ३१ वर्षीय गुप्तबहादुर खत्री र भीरकोट–३ बानेथोक देउराली घर भई वालिङ नपा–१ रामबाच्छा बस्ने ५५ वर्षीय ढालबहादुर रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए। 

बसको ठक्करबाट गम्भीर घाइते भएका दुवै जनाको हेलुस्थित कालिका सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अधिकारीले बताए।  प्रहरीले दुवै सवारीसाधन र बस चालकलाई नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: ०१:०५ बजे, शनिबार, असोज २४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्