Kathmandu Press

पूर्वकोषाध्यक्ष प्रसाईँको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

काठमाडौं, असोज २३ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पूर्वकोषाध्यक्ष  रामबाबु प्रसाईँ (खनुपरूदे) को निधनप्रति दुःख व्यक्त गरेका छन्। सभापति देउवाले  शुक्रबार शोक...
पूर्वकोषाध्यक्ष प्रसाईँको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

काठमाडौं, असोज २३ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पूर्वकोषाध्यक्ष  रामबाबु प्रसाईँ (खनुपरूदे) को निधनप्रति दुःख व्यक्त गरेका छन्। 

सभापति देउवाले  शुक्रबार शोक विज्ञप्ति जारी गरी अग्रज समाजसेवी र  सत्यवादी नेताका रुपमा आफ्नो बेग्लै पहिचान बनाएका पूर्वकोषाध्यक्ष प्रसाईँको निधनको खबरले आफूलाई दुःखित बनाएको उल्लेख गरेका छन्।  सभापति देउवाले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्।

प्रसाईँको शुक्रबार दिउँसो साढे १२ बजे काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा निधन भएको हो।  प्रसाईँ सन्त नेता कृष्णप्रसाद भट्टराईको सभापति हुँदा पार्टीको कोषाध्यक्ष थिए।

विसं १९७८ माघ १५ मा जन्मिएका प्रसाईँले नेपालका लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका थिए।
 

प्रकाशित मिति: ००:५३ बजे, शनिबार, असोज २४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्