Kathmandu Press

मोरङमा थपिए ८६ जना कोरोना संक्रमित

काठमाडौं, असोज २३ : मोरङमा थप ८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शुक्रबार गरिएको परीक्षणमा मोरङमा थप ८६ जनामा कोरोना संक्रमण पुष्टि...
मोरङमा थपिए ८६ जना कोरोना संक्रमित
फाइल तस्वीर।

काठमाडौं, असोज २३ : मोरङमा थप ८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

शुक्रबार गरिएको परीक्षणमा मोरङमा थप ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। थपिएका नयाँ संक्रमितमध्ये ५२ पुरुष र ३५ महिला रहेका छन्।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या  एक लाख ६ सय ७६ पुगेको छ। संक्रमितमध्ये ७३ हजार २३ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ६०० जनाको मृत्यु भएको छ।  

प्रवक्ता गौतमका अनुसार शुक्रबार कोरोनालाई जितेर  १६८०  जना अस्पतालबाट डिस्चार्ज भएका छन्।

प्रकाशित मिति: ००:३४ बजे, शनिबार, असोज २४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्