Kathmandu Press

बाँकेमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

नेपालगञ्ज, असोज २३ : बाँकेमा थप एक जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ। मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका वडा नं १ का ८५ वर्षीया...
बाँकेमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

नेपालगञ्ज, असोज २३ : बाँकेमा थप एक जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ। मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका वडा नं १ का ८५ वर्षीया वृद्ध रहेकी कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए। 

ती वृद्धलाई स्वास्थ्यमा समस्या भएपछि यही असोज २१ गते भेरी अस्पताल भर्ना गरिएको थियो। स्वास्थ्य अवस्था जटिल बनिसकेकाले उनीलाई बचाउन नसकिएको स्रोत व्यक्ति श्रेष्ठले बताए।  

जिल्लामा यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २३ जना पुगेको छ। यसैबीच, जिल्लामा आज थप २४ जना संक्रमित निको भइ घर फर्किएका छन्। जिल्लाका विभिन्न आइसोलेशनमा रहेका ६ महिला १८ पुरुष निको भइ घर फर्किएका हुन्।

योसँगै बाँकेमा संक्रमण निको हुनेको संख्या एक हजार ७६२ जना पुगेको छ।

प्रकाशित मिति: २३:४५ बजे, शुक्रबार, असोज २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्