Kathmandu Press

कर्मचारीमा कोरोना संक्रमण देखिएपछि युनिलिभर नेपाल बन्द

वागमती, असोज २३ : कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण हेटौँडाको बसामाडीस्थित बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेड बन्द भएको छ।ती उद्योगमा कार्यरत कर्मचारी...
कर्मचारीमा कोरोना संक्रमण देखिएपछि युनिलिभर नेपाल बन्द

वागमती, असोज २३ : कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण हेटौँडाको बसामाडीस्थित बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेड बन्द भएको छ।

ती उद्योगमा कार्यरत कर्मचारी र कामदार गरी ४० जनामा कोरोना संक्रमण पुष्टि भएपछि सो कम्पनी बन्द भएको हो। उद्योगमा कार्यरत १९०  कामदार तथा कर्मचारीको पीसीआर जाँच गराउँदा ४० जनामा कोरोना संक्रमण पृष्टि भएपछि सो कम्पनी विगत एक हप्ता देखि बन्द अवस्थामा रहेको बताइएको छ। 

उद्योगमा कार्यरत कर्मचारी तथा कामदार गरी १९० जनालाई असोज १४ गते कोरोना संक्रमण परीक्षणका लागि स्वाब संकलन गरिएको थियो। तीमध्ये २० कर्मचारी तथा २० जना ठेकेदारतर्फका कामदारको नतिजा पोजेटिभ आएपछि असोज १६ गतेदेखि नै उद्योग बन्द भएको बताइएको छ। 

विसं २०५१ मा स्थापित उद्योगबाट साबुन, सर्फ, स्याम्पु र मञ्जनलगायत सामान उत्पादन हुने गरेको छ।

प्रकाशित मिति: २०:५४ बजे, शुक्रबार, असोज २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्