थाइल्याण्डमा प्रिन्सले जिते अर्को अन्तर्राष्ट्रिय पदक
काठमाडौं, वैशाख १५ : नेपालका उदयमान खेलाडी प्रिन्स दाहालले फेरि एक पटक विश्व खेल मञ्चमा राष्ट्रको नाम पहिचान गराउन सफल भएका छन्।
थाइल्....

काठमाडौं, वैशाख १५ : नेपालका उदयमान खेलाडी प्रिन्स दाहालले फेरि एक पटक विश्व खेल मञ्चमा राष्ट्रको नाम पहिचान गराउन सफल भएका छन्।
थाइल्याण्डमा भएको योनेक्स सिंह रोजा विटिवाई इन्टरनेशनल च्याम्पियनसिप २०१९ को यू–१७ एकलमा भारतका खेलाडीसँग पराजित भएपछि प्रिन्स दोस्रो भए। उनी फाइनल भिडन्तमा भारतीय खेलाडी प्रनभ राव गन्धमसँग २१–१५ र २१–१२ ले पराजित हुँदै दोस्रो भए।
दुबई जुनियर इन्टरनेशनल च्यम्पियनसिप तथा नेपालको विराटनगरमा आयोजना भएको अन्तर्राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिपका विजेता प्रिन्सले फाइनल प्रवेश गर्ने क्रममा जापान, थाइल्याण्ड, मलेसिया, फ्रान्स र भारतका खेलाडीहरुलाई पराजित गरेका थिए।
ब्याडमिन्टन खेलमा आफूलाई दत्तचित्त राख्दै उत्कृष्ट खेलाडी बन्ने सपना बोकेका प्रिन्स अहिले विभिजी डाँफे सकेन्डरी स्कुल ललितपुरमा कक्षा ९ मा अध्ययनरत छन्।










