जसलीनले फेरि सेयर गरिन भजन गायकसँगको बिहेको पहिरनकाे फोटो
काठमाडौं, असोज २३ : बिग बास १२ की प्रतिस्पर्धी जसलीन मथारु फेरि चर्चामा आएकी छन्। यस पटक उनले भजन गायक अनूप जलोटासँग बिहेको...
काठमाडौं, असोज २३ : बिग बास १२ की प्रतिस्पर्धी जसलीन मथारु फेरि चर्चामा आएकी छन्। यस पटक उनले भजन गायक अनूप जलोटासँग बिहेको पहिरनकाे फोटो सेयर गरेकी छिन्।
बिग बासमा सहभागी हुँदा उनी चर्चामा आएकी थिइन्। उनले आफूभन्दा ३७ वर्ष जेठा भजन गायक जलोटासँग बिहे गरेको अभिव्यक्ति दिएकी थिइन्। भजन गायक जलोटाले अस्वीकार गरेका थिए।
यस पकट फेरि उनले बिहेको भन्दै फोटो सामाजिक सञ्जालमा सेयर गरेकी छिन्। उनले यो फोटो भजन गायक जलोटालाई पनि ट्याग गरेकी छिन्। जसमा जसलीन र जलोटा दुलाहादुलहीका पहिरनमा देखिएका छन्।
कुनै क्याप्सन नलेखिएकाले धेरैले बिहे गरेकाे भन्दै कमेन्ट गरिरहेका छन्। यसमा उनले कुनै प्रतिक्रिया दिएकी छैनन्।
खासमा यो फोटो फिल्मको सुटिङको भएको जनाएको छ। आउँदै गरेको हिन्दी फिल्म 'वो मेरी स्टुडेन्ट है'को सेटमा खिचेको फोटो हाे।
यो फिल्मको निर्देशन जसलीनका बुवा केसर मथारुले गरिरहेका छन्। यसको अहिले सुटिङ चलिरहेको जनाएको छ। तर, जसलीनले भने यसलाई सेयर गरेर सामाजिक सञ्जालमा भाइरल बनाएकी छन्।












