Kathmandu Press

उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्नेलाई कारबाही गर्न नेविसंघको माग 

काठमाडौं, असोज २३ : नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागका उपप्राध्यापकमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग गरेको छ। उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि मंगलबार...
उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्नेलाई कारबाही गर्न नेविसंघको माग 

काठमाडौं, असोज २३ : नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागका उपप्राध्यापकमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग गरेको छ। 

उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि मंगलबार विश्वविद्यालय परिसरभित्रै आक्रमण भएको थियो।

उक्त आक्रमणको घटनामा नेविसंघको कुनै संलग्नता नरहेको भन्दै  अध्यक्ष राजिब ढुंगानाले घटनाबारे तत्काल छानबिन गरी दोषी उपर कडा कारवाहीको माग गरेका छन्।

अध्यक्ष ढुंगानाले शुक्रबार एक विज्ञप्ती जारी गर्दै भनेका छन्, ‘उक्त घटनामा नेविसंघको कहिँकतै संलग्नता नरहेको पुनः स्पष्ट पार्दै विश्वविद्यालय हाताभित्रै घटेको घटनाको तत्काल छानबिन गरी दोषी उपर कडा कारबाहीको माग गर्दछु।’

साथै नेविसंघलाई बदनाम गराउन यस्ता खालका आक्रमण भएको उनको भनाइ छ।

रड प्रहारबाट गम्भीर घाइते भएका चलाउनेको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित मिति: १७:४१ बजे, शुक्रबार, असोज २३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्