Kathmandu Press

गुण्डाका नाइके 'राधे' पक्राउ

काठमाडौं, असोज २३ : गुण्डाको नाइके राधे पक्राउ परेका छन्। बिहीबार प्रहरीले राधे भनेर चिनिने राधाकृष्ण भण्डारीलाई धादिङबेशीबाट पक्राउ गरेको हो।बिहीबार धादिङबेशीबाट पक्राउ...
गुण्डाका नाइके 'राधे' पक्राउ

काठमाडौं, असोज २३ : गुण्डाको नाइके राधे पक्राउ परेका छन्। बिहीबार प्रहरीले राधे भनेर चिनिने राधाकृष्ण भण्डारीलाई धादिङबेशीबाट पक्राउ गरेको हो।

बिहीबार धादिङबेशीबाट पक्राउ परेका राधेविरूद्ध प्रहरीले आज मुद्दा दर्ता गर्न लागेको हो।

पक्राउ परेका राधेविरुद्ध सार्वजनिक शान्ति भंग गरेको आरोप मुद्दा चलाउने जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। 

जनप्रतिनिधिलाई धम्काएको आरोप उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय धादिङमा उजुरी परेको छ।

राधेको समूहले अवैध रूपमा बालुवा उत्खनन गर्ने गरेको काम जनप्रतिनिधिले रोकेपछि उनले सिद्धलेक गाउँपालिकाका जनप्रतिनिधिलाई धम्की दिएको आरोप छ।

राधे नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरूण दल धादिङका उपसभापति हुन्। राधे खोलानालाबाट अबैध असुली, चन्दा, धम्की, कुटपिटलगायत गतिविधिमा संलग्न छन्।

प्रकाशित मिति: १७:२९ बजे, शुक्रबार, असोज २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्