Kathmandu Press

माछापुच्छ्रे बैंकका ग्राहकले राजधानीका दुई तारे हाेटलमा १५ प्रतिशत छुट पाउने

काठमाडौं, असोज २३ : माछापुच्छ्रे बैंकले आफ्ना ग्राहकलाई राजधानीका दुई होटलका सबै सुविधामा १५ प्रतिशत छुट पाउने सम्झौता गरेको छ । बैंकले धुमबराहीमा रहेको...
माछापुच्छ्रे बैंकका ग्राहकले राजधानीका दुई तारे हाेटलमा १५ प्रतिशत छुट पाउने

काठमाडौं, असोज २३ : माछापुच्छ्रे बैंकले आफ्ना ग्राहकलाई राजधानीका दुई होटलका सबै सुविधामा १५ प्रतिशत छुट पाउने सम्झौता गरेको छ । 

बैंकले धुमबराहीमा रहेको होटल अकामा र ठमेलमा रहेको होटल मुनलाईटमा बैंकका ग्राहकहरुलाई उक्त छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको हो । बैंक र होटलबीच भएको सम्झौता अनुसार अब माछापुच्छ्रे बैंकका ग्राहकहरूले २ वटै होटलको खाना र पेय पदार्थमा १५ प्रतिशत छुट पाउनेछन् ।


बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिट वा क्रेडिट कार्ड तथा क्युआर कोड प्रयोग गरी बिल भुक्तानी गर्दा प्राप्त गर्न सक्नेछन् ।

नगद कारोबारबाट हुने जोखिम कम गर्न, डिजिटल कारोबारलाई प्राथमिकता दिन तथा ग्राहकलाई सहुलियत प्रदान गर्नको लागि बैंकले विभिन्न संघसंस्था तथा व्यापारिक प्रतिष्ठान संग सम्झौता गर्दै आएको छ ।
 

प्रकाशित मिति: १७:१९ बजे, शुक्रबार, असोज २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्