Kathmandu Press

चन्द्रागिरि नगरपालिकामा ५५१ कोरोना संक्रमित, मृत्यु हुनेको संख्या पाँच

काठमाडौं, असोज २३ : चन्द्रागिरि नगरपालिकामा कोरोना संक्रमितको संख्या ५५१ पुगेको छ। काठमाडौँको उपत्यका प्रवेशद्वारको मुख्य नाकामा रहेको चन्द्रागिरिमा बिहीबार १३ संक्रमति थपिएसँगै...
चन्द्रागिरि नगरपालिकामा ५५१ कोरोना संक्रमित, मृत्यु हुनेको संख्या पाँच

काठमाडौं, असोज २३ : चन्द्रागिरि नगरपालिकामा कोरोना संक्रमितको संख्या ५५१ पुगेको छ। काठमाडौँको उपत्यका प्रवेशद्वारको मुख्य नाकामा रहेको चन्द्रागिरिमा बिहीबार १३ संक्रमति थपिएसँगै कूल संक्रमतिको संख्या ५५१ पुगेको हो। चन्द्रागिरिको सबैभन्दा थोरै वडा नं २ मा आठ र सबैभन्दा धेरै वडा नं ८ मा १०४  संक्रमति भेटिएका छन्।

यस्तै वडा नं १ मा १३, वडा नं २ मा आठ, वडा नं ३ मा ३६, वडा नं ४ मा २८, वडा नं ५ मा २९, वडा नं ६ मा १६, वडा नं ७ मा १५, वडा नं ८ मा १०४, वडा नं ९ मा १६, वडा नं १० मा ३०, वडा नं ११ मा ५९, वडा नं १२ मा ४६, वडा नं १३ मा ३५, वडा नं १४ मा ५१ र वडा नं १५ मा ५६ संक्रमति छन्।

कोरोना  संक्रमतिमध्ये ३४३ निको भएर घर फर्किसकेको, १६५ होम आइसोलेसन र ३८ जनाको उपत्यकाका विभिन्न अस्पतालमा उपचार भइरहेको नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले जानकारी दिए।

कोरोना संक्रमणका कारण चन्द्रागिरिमा हालसम्म पाँच जनाको मृत्यु भइसकेको छ। चन्द्रागिरीको वडा नं ३ मा एक, वडा नं ५ मा दुई, वडा नं ९ मा एक र वडा नं १४ मा एक जनाको मृत्यु भएको छ।

चन्द्रागिरिले कोरोना  संक्रमति बिरामीको उपचारका लागि सशस्त्र प्रहरी बल अस्पताल बलम्बु र मनमोहन अस्पताल दहचोकमा बिरामी पठाउँदै आएको छ। कोरोना बिरामीको उपचारका लागि विशेष अस्पताल नबनाएको चन्द्रागिरिले विभिन्न सामुदायिक विद्यालयलाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्दै आएको छ। चन्द्रागिरिले हालसम्म कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि रु ई करोड २७ लाख रुपैयाँ खर्च गरिसकेको नगरप्रमुख घनश्याम गिरीले जानकारी दिए। नगरपालिकाभित्रका १० हजार व्यक्तिको पीसीआर परीक्षण गरिसकेको छ। चन्द्रागिरि नगरपालिका वागमती प्रदेशकै सबैभन्दा ठूलो नगरपालिका हो। उक्त नगरपालिकामा १५ वडा रहेका छन्।

प्रकाशित मिति: १७:०७ बजे, शुक्रबार, असोज २३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्