Kathmandu Press

लुम्बिनी प्रदेशको राजधानीमा जग्गा किनबेच रोक्न मुख्यमन्त्रीको निर्देशन 

काठमाडौं, असोज २२ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश राजधानी राप्ती उपत्यकामा हुनसक्ने गैरकानुनी जग्गाको किनबेच तथा अतिक्रमण रोक्न निर्देशन दिएका छन्। प्रदेशको राजधानी...
लुम्बिनी प्रदेशको राजधानीमा जग्गा किनबेच रोक्न मुख्यमन्त्रीको निर्देशन 

काठमाडौं, असोज २२ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश राजधानी राप्ती उपत्यकामा हुनसक्ने गैरकानुनी जग्गाको किनबेच तथा अतिक्रमण रोक्न निर्देशन दिएका छन्। 

प्रदेशको राजधानी र नामाकरण पछि बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका कर्मचारीलाई निर्देशन दिँदै उनले उक्त क्षेत्रमा गुरुयोजनाको टुङ्गो नलाग्दासम्म नयाँ घर पनि बन्न रोक्नुपर्ने बताएका हुन्।

प्रदेश सरकारले यस अघि दाङको राप्ती, गढवा गाउँपालिका- १,२ र ३ तथा अर्घाखाँचीको शितगंगा नगरपालिका– ८ र ९ मा जग्गाको किनबेच र कित्ताकाटमा रोक लगाइसकेको छ।  गैरकानुनी रुपमा किनबेच हुनसक्ने भएकाले रोक्न सरोकारवाला निकायलाई ध्यानाकर्षण गराउन उनले निर्देशन दिए।

राप्ती उपत्यकाको राप्ती , गढवा गाउँपालिका र शीतगंगाको मैदानी भागमा गुरुयोजना बनाएर प्रदेशको सुन्दर राजधानी बनाउने गरी अघि बढेको  मुख्यमन्त्री पोखरेलले बताए। राप्ती उपत्यका भन्नाले दाङको राप्ती, गढवा गाउँपालिकाको वडा  १,२ र ३ तथा अर्घाखाँचीको शितगंगाको वडा नं  ८ र ९ को राप्ती किनारको मैदानी भाग भएकाले कोही भ्रममा नपर्न उनले आग्रह गरे।  राजपत्रमा राप्ती उपत्यका भन्ने प्रष्ट रहेको उनले बताए।

मुख्यमन्त्री पोखरेलले गुरुयोजना बनेपछि पहिलो प्राथमिकता प्रशासनिक संरचनाको उपस्थिति रहने र अरु क्रमशः बनाइदै जाने  जानकारी दिए। उनले  नक्शाको डिजाइन, गुरुयोजना र ल्याण्डपुलिङ जस्ता काम क्रमशः अघि बढ्ने बताए। उनले भने,‘अहिलेलाई हेरेर होइन्, ५० वर्षपछि सम्मपनि व्यवस्थित शहर रहने गरी योजना गर्छौ, योजनाका माध्यमबाट मान्छेको सोंच बदल्छौँ।’

राजधानी र नामको टुङ्गो सही ढंगले लगाएर संघीयताको वास्तविक कार्यान्वयन गर्न प्रदेश सफल भएको समेत उनले बताए।
 

प्रकाशित मिति: ००:५४ बजे, शुक्रबार, असोज २३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्