Kathmandu Press

डा. केसीको जीवन रक्षा गर्न सरकारसँग राप्रपाको माग

काठमाडौं, असोज २२ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले २५ दिनदेखि अनशनरत डा. गोविन्द केसीको जीवन रक्षा गर्न सरकारसँग माग गरेको छ।राप्रपाका अध्यक्षत्रय...
डा. केसीको जीवन रक्षा गर्न सरकारसँग राप्रपाको माग

काठमाडौं, असोज २२ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले २५ दिनदेखि अनशनरत डा. गोविन्द केसीको जीवन रक्षा गर्न सरकारसँग माग गरेको छ।

राप्रपाका अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीको बैठकले डा. केसीको जीवन रक्षाका लागि सरकारसँग माग गरेको हो। बैठकले डा. केसीको जीवन रक्षार्थ आवश्यक पहल गर्न सरकारसँग माग गर्ने निर्णय गरेको अध्यक्ष थापाले जानकारी दिए।

यस्तै, बैठकले जिल्लामा पार्टी समायोजनको समय असोज २९ सम्म बढाउने र केन्द्रीय कार्यसमिति विस्तार गर्ने निर्णय गरेको उनले बताए। अध्यक्ष थापाले निर्वाचन आयोगबाट वैधानिकता प्राप्त गरेसँगै राप्रपा अब तीव्र गतिमा संगठन निर्माणमा लाग्ने समेत बताए। 

राष्ट्रियता, प्रजातन्त्र र उदारवादको चिन्तनमा आधारित ’सम्वर्द्धनवाद’को वैचारिक धरातलमा सबल र समृद्ध नेपाल निर्माण राप्रपाको लक्ष्य हुने अध्यक्ष थापाले बताए। आगामी चुनावसम्ममा राप्रपालाई देशको अग्रणी शक्ति बनाउने दृढता समेत उनले व्यक्त गरेका छन्।
 

प्रकाशित मिति: ००:३४ बजे, शुक्रबार, असोज २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्