Kathmandu Press

उपप्राध्यापकमाथि आक्रमणबारे उपकुलपतिको ध्यानाकर्षण

काठमाडौं, असोज २२ : त्रिभुवन विश्वविद्यालय, समाजशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि आक्रमण गर्नेलाई कानूनी कारबाही गर्न प्राध्यापक संगठनले आज उपकुलपति प्रा डा...
उपप्राध्यापकमाथि आक्रमणबारे उपकुलपतिको ध्यानाकर्षण

काठमाडौं, असोज २२ : त्रिभुवन विश्वविद्यालय, समाजशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि आक्रमण गर्नेलाई कानूनी कारबाही गर्न प्राध्यापक संगठनले आज उपकुलपति प्रा डा धर्मकान्त बाँस्कोटालाई ध्यानाकर्षण गराएका छन्।

दोषीलाई कानूनको कठघरामा यथाशीघ्र ल्याउन, घाइतेलाई उपचार खर्च दिन र विश्वविद्यालयमा शान्तिपूर्ण शैक्षिक वातावरण कायम गर्न माग गर्दै उपकुलपति कार्यालय अगाडि केहीबेर विरोध कार्यक्रम गरी नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठन प्रा डा रमेशप्रसाद भट्टराई र नेपाल प्रगतिशील प्राध्यापक संगठनका कल्याणी मिश्रले सो ध्यानाकर्षण गराएका हुन्।

कार्यक्रममा ऐक्यबद्धता जनाउन पुगेका नरेन्द्र शिवाकोटीले उक्त मागमा उपकुलपति बाँस्कोटा गम्भीर देखिएको र आजै कार्यकारीको बैठक राखेर उपचार खर्चको निर्णय गराइने अवगत गराएको बताए।

गत मंगलबार त्रिवि परिसर कीर्तिपुरमै चलाउनेमाथि आक्रमण भएको थियो। प्राध्यापकले दोषी जो भए पनि कारबाही हुनुपर्ने र प्राज्ञिक मर्यादालाई कायम गर्नुपर्ने माग राखी धर्ना दिएका हुन्। घाइते चलाउनेको मेडिसिटी अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

प्रकाशित मिति: २३:५६ बजे, बिहीबार, असोज २२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्