Kathmandu Press

दोहोरो अंकले घट्यो नेप्से

काठमाडौं, असोज २२ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने दोहोरो अंकले घटेको छ। लगातार उकालो लाग्दै आएको बजारमा आज...
दोहोरो अंकले घट्यो नेप्से

काठमाडौं, असोज २२ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने दोहोरो अंकले घटेको छ। लगातार उकालो लाग्दै आएको बजारमा आज साताको अन्तिम दिन नेप्से ११ दशमलव ३४ बिन्दुले घटेर एक हजार ५८९ दशमलव ६३ मा झरेको छ।

बुधबार नेप्से उकालो लागेर एक हजार ६०० को बिन्दुमा पुगेको थियो। यस्तै सेन्सेटिभ परिसूचकसमेत आज १ दशमलव ६५ ले घटेर ३१४ दशमलव ७४ मा झरेको छ। कूल १९३ कम्पनीको एक करोड ११ लाख ६४ हजार ५०६ कित्ता शेयर दुई अर्ब ९० करोड ५० लाख ५७ हजार ९६६ रुपैयाँ मूल्यमा खरिद बिक्री भए।

कारोबार भएका कूल १२ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर उकालो लाग्दा नौ उपसमूहको शेयर भने ओरालो लागेको छ। वित्त ३१ दशमलव ७२, लघुवित्त ० दशमलव ८५ र सामूहिक लगानी कोष ० दशमलव ०२ बिन्दुले उकालो लागेको छ। यस्तै बैंकिङ ८ दशमलव १७, व्यापार २ दशमलव ३७, होटल ३१ दशमलव ०४, विकास बैंक २० दशमलव ९९, जलविद्युत् ४४ दशमलव ५७, निर्जिवन बीमा ७४ दशमलव ३१, उत्पादन १३ दशमलव ३५, अन्य ५ दशमलव ९२ र जीवन बीमा २४ दशमलव १६ बिन्दुले घटेको छ।

कारोबारका आधारमा आज अरुण काबेली पावर नै शीर्ष स्थानमा रहेको छ। सो कम्पनीनको १२ करोड ४१ लाख ८० हजार ४५३ रुपैयाँ बराबरको कारोबार भएको छ। यस्तै नेशनल हाइड्रोपावर १० करोड ३७ लाख तीन हजार २४१ रुपैयाँ, सानिमा माई हाइड्रोपावर आठ करोड ९७ लाख नौ हजार २८ रुपैयाँ, कुमारी बैंक आठ करोड ६० लाख ६७ हजार ५०१ रुपैयाँ, अरुण भ्याली हाइड्रोपावर सात करोड १८ लाख १८ हजार ४३० रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावर ६ करोड ९९ लाख १८ हजार ७७ रुपैयाँ र शिवम् सिमेन्ट ५ करोड ८७ लाख ६१ हजार ४०६ रुपैयाँ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे।

मल्टीपर्पोज फिनान्स कम्पनी १०, कर्णाली डेभलपमेन्ट बैंक ९ दशमलव ७९, समृद्धि फाइनान्स ९ दशमलव ७२, गुर्खाज फाइनान्स ९ दशमलव ४०, ग्रिन डेभलपमेन्ट बैंक ८ दशमलव ९७, रिलायन्स फाइनान्स ८ दशमलव ८२, गुह्यश्वरी फाइनान्स ८ दशमलव ८२ र बेस्ट फाइनान्सका लगानीकर्ताले ८ दशमलव ७० प्रतिशतले कमाए। त्यस्तै सिनर्जी पावर ७ दशमलव ०८, पाँचथर पावर ६ दशमलव ८६, लिवर्टी इनर्जी ६ दशमलव ७५, पाँचथर पावर कम्पनी ६ दशमलव ५५, अरुण काबेली पावर ६ दशमलव ३७ र अपि पावर कम्पनीका लगानीकर्ताले ५ दशमलव ८८ प्रतिशतले गुमाए।

प्रकाशित मिति: २३:०९ बजे, बिहीबार, असोज २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्