Kathmandu Press

मोरङमा थपिए २४९ जना कोरोना संक्रमित

काठमाडौं, असोज २२ :  मोरङमा थप २४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बिहीबार गरिएको परीक्षणमा मोरङमा थप २४९ जनामा कोरोना संक्रमण पुष्टि...
मोरङमा थपिए २४९ जना कोरोना संक्रमित
सांकेतिक तस्वीर।

काठमाडौं, असोज २२ :  मोरङमा थप २४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

बिहीबार गरिएको परीक्षणमा मोरङमा थप २४९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। थपिएका नयाँ संक्रमितमध्ये १६५ पुरुष र ८४ महिला रहेका छन्।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ। संक्रमितमध्ये ७१ हजार ३४३ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ५९० जनाको मृत्यु भएको छ।

प्रकाशित मिति: २२:४१ बजे, बिहीबार, असोज २२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्