छन्दमय पलेँटी
काठमाडौं, वैशाख १५ : सुमधुर नेपाली गीतले रंगीन हुने पलेँटी तीन दिनयता भने कवितामयी बनेको छ। अझ त्यसमा छन्द कवितासँगै संगीतले दर्शकलाई मन्त्रमुग्ध बनाय....

काठमाडौं, वैशाख १५ : सुमधुर नेपाली गीतले रंगीन हुने पलेँटी तीन दिनयता भने कवितामयी बनेको छ। अझ त्यसमा छन्द कवितासँगै संगीतले दर्शकलाई मन्त्रमुग्ध बनायो।
शुक्रबारदेखि सुरु भएको पलेँटीमा भूषिता वशिष्ठले छन्द कविता वाचन गरिरहेकी छन्। त्यसमा पलेँटी संयोजक आभाष र टिमले संगीत दिइरहेका छन्।
आधुनिक नेपाली संगीतको पुनः उत्खनन् र चर्चा गर्ने उद्देश्यका साथ डेढ दसकअघि सुरु भएको ‘पलेँटी श्रृंखला’ले आफ्नो परिचयमै नयाँ आयाम थप्दै छन्द कविता प्रस्तुत गरेको जनाएको छ।
भूषिताले नौ वटै छन्दमा कविता वाचन गरिन्। कार्यक्रममा उनले आदिकवि भानुभतm आचार्य र महाकवि लक्ष्मीप्रसाद देवकोटाको कविताका प्रसंग कोट्याइन। उनले प्रस्तुतले दर्शकलाई मन्त्रमुग्ध बनायो।
‘यो विधालाई भाका दिएर गाउन लगाउँदा सहजै प्रसारित हुनसक्छ,’ पलेँटी संयोजक आभाष भने, ‘मौलिक गायन परम्पराको अभिलेख राख्न तत्पर पलेँटीले त्यही प्रयास यसपटक गरेको हो।’
छन्दमा आधारित पलेँटीको यो आज पनि जारी रहने छ।












