मुख्यमन्त्री पौडेलका स्वकीय सचिवलाई कोरोना संक्रमण
हेटौडा, असोज २२ : बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको सचिवालयकी एकजना कर्मचारीलाई कोरोना भाइरसको संक्रमण भएको छ।मुख्यमन्त्री पौडेलकी स्वकीय सचिव सुमित्रा काफ्लेलाई संक्रमण...
हेटौडा, असोज २२ : बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको सचिवालयकी एकजना कर्मचारीलाई कोरोना भाइरसको संक्रमण भएको छ।
मुख्यमन्त्री पौडेलकी स्वकीय सचिव सुमित्रा काफ्लेलाई संक्रमण पुष्टि भएको हो। उनलाई संक्रमण भएपछि मुख्यमन्त्री कार्यालय र निवासमा उच्च सतर्कता अपनाइएको छ।
परिवारको सदस्यलाई सङ्क्रमण पुष्टि भएपछि काफ्ले गत १५ दिनदेखि घरमै बसेकी थिइन्। उनलाई सामान्य रुघाखोकी लाग्ने र टाउको दुख्ने भएपछि कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको र अहिले आफू होम आइसोलेसनमा रहेकी छिन्।
सामान्य रुघाखोकीबाहेक अन्य लक्षण नदेखिएको र पछिल्लो १०र१५ दिनदेखि होम क्वारेन्टिनमा रहेकाले परिवारबाहेक अन्य व्यक्तिसँग भेटघाट नभएको उनले बताइन्।
प्रकाशित मिति: १६:१४ बजे, बिहीबार, असोज २२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![साउनकाे पहिलाे दिन पशुपतिनाथमा दर्शनार्थीको घुइँचो [तस्बिहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1784267228.jpg)


