नेपालगञ्जमा दाङकी कोरोना संक्रमित महिलाको मृत्यु
नेपालगञ्ज, असोज २१ : बाँकेको नेपालगञ्जमा दाङकी कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका-१५ की ३५ वर्षीया महिलाको बुधबार दिउँसो ३ बजे भेरी...
नेपालगञ्ज, असोज २१ : बाँकेको नेपालगञ्जमा दाङकी कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।
घोराही उपमहानगरपालिका-१५ की ३५ वर्षीया महिलाको बुधबार दिउँसो ३ बजे भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए। उनका अनुसार महिलाको दुबैतिरको फोक्सोमा कडा निमोनिया भएको थियो।
असोज १८ गते नेपालगन्ज मेडिकल कलेजमा कोरोना पुष्टि भएपछि त्यसैदिन उनलाई भेरी अस्पतालको कोरोना सेन्टरमा भर्ना गरिएको थियो।
प्रकाशित मिति: ०१:५० बजे, बिहीबार, असोज २२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![साउनकाे पहिलाे दिन पशुपतिनाथमा दर्शनार्थीको घुइँचो [तस्बिहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1784267228.jpg)


