Kathmandu Press

भानु नगरपालिका विवाद : सर्वोच्चको आदेश उल्लंघन गर्दै भन्सारबाट काम सुरु

तनहुँ, असोज २१ : भानु नगरपालिकाले सर्वोच्च अदालतको आदेशविरुद्ध काम सुरु गरेको छ। सर्वोच्चले हाल कार्यालय रहेको स्थानबाट अन्यत्र कार्यालय नसार्न आदेश दिएपनि मेयर...
भानु नगरपालिका विवाद : सर्वोच्चको आदेश उल्लंघन गर्दै भन्सारबाट काम सुरु

तनहुँ, असोज २१ : भानु नगरपालिकाले सर्वोच्च अदालतको आदेशविरुद्ध काम सुरु गरेको छ। सर्वोच्चले हाल कार्यालय रहेको स्थानबाट अन्यत्र कार्यालय नसार्न आदेश दिएपनि मेयर उदयराज गौलीले सर्वोच्चको आदेशको अपमान गर्दै नयाँ ठाउँमा कार्यालय स्थानान्तरण गरी काम सुरु गरेका हुन्। 

नगरपालिकाको कार्यालय नसार्न माग गर्दै सर्वोच्चमा परेको रिटमा न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासले तत्कालै अन्त कतै कार्यालय नसार्न अन्तरिम आदेश दिएको थियो। 

नगरपालिको कार्यालय भानु–२ स्थित फुस्रेटारमा छ। तर गत असोज १ गतेबाट वडा नं.१ स्थित भन्सारमा रहेको शहरी विकास आयोजनाको भवनबाट ३ वर्षको लागि भाडामा लिएर कामकारवाही सुरु गरिएको छ। 

आफुखुशी नगरपालिकाको कार्यलय सारेको भन्दै वडा नं. २ का वडा अध्यक्ष अर्जुनबहादुर केसीले सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए। 

सर्वोच्चले दुवै पक्षसँग छलफल गरी टुंगो लगाउन उपर्युक्त हुने भन्दै  असोज २९ गते छलफलका लागि दुवै पक्षलाई झिकाउन आदेश दिएको छ। तर सर्वोच्चकै आदेशको अपमान गर्दै मेयर गौलीले कार्यालय नयाँ ठाउँमा स्थानान्तरण गरेर काम सुरु गरेका छन्। 

नगरपालिका सार्ने विषयलाई लिएर स्थानीयले विरोध गर्दै आएका छन्। उनीहरुले भुमाफियाको चलखेलमा परेर नगरप्रमुख गौलीले गलत निर्णय लिएको बताएका छन्। फुस्रेटारमा नगरपालिकाको कार्यालय रहिरहँदा सबैलाई पायक पर्ने, सम्पूर्ण भौतिक पूर्वाधार निर्माण भइसकेको, जग्गाको कुनै कमी नभएको, सबै नगरवासीलाई सहज बाटोको व्यवस्था भएकोले पनि सो कार्यालय फुस्रेटारबाट अन्यत्र सार्न नहुने संघर्ष समितिका अध्यक्ष भक्तबहादुर कुँवरले बताए। 

त्यस्तै वार्ता समितिको संयोजक सहदेव अधिकारीले सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशको समेत अवज्ञा गर्दै भन्सारबाटै कामकारबाही अघि बढाउनु सर्वोच्चको मानहानी भएको बताए।

प्रकाशित मिति: ०१:३० बजे, बिहीबार, असोज २२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्