Kathmandu Press

खुल्यो डिभी, भर्ने हैन?

काठमाडौं, असोज २१ : सन् २०२२ को डाइभर्सिटी भिसा (डिभी) बुधबार रातिबाट खुल्ने भएको छ। नेपाली समय अनुसार २०२२ को डिभी भिसाको आवेदन आज...
खुल्यो डिभी, भर्ने हैन?

काठमाडौं, असोज २१ : सन् २०२२ को डाइभर्सिटी भिसा (डिभी) बुधबार रातिबाट खुल्ने भएको छ। नेपाली समय अनुसार २०२२ को डिभी भिसाको आवेदन आज राति ९:४५ बाट खुला हुने भएको हो। डिभी भर्ने अन्तिम म्याद कार्तिक २५ गते नेपाली समय अनुसार रातको १०:४५ बजे बन्द हुनेछ। 

डिभी भर्न के–के चाहिन्छ?

डिभी भर्न कुनै शुल्क लाग्दैन। अमेरिकी दुतावासले डिभी भर्न कुनै कन्सल्यान्टको सहयोग नलिन आग्रह गरेको छ। डिभीको फारम अनलाइनमार्फत भर्न सकिनेछ। आवदेन दिन चाहानेले www.dvlottery.state.gov मा गएर आवेदन फारम भर्न सक्नेछन्। फारम भर्दा पति/पत्नी को विवरण सँगै २१ वर्ष पुरा नभएका अविवाहित सन्तानको विवरण समेत खुलाउनुपर्नेछ।

एक व्यक्तिले एउटा मात्रै आवेदन भर्न पाउनेछन्। डिभी भर्दा हालसालै खिचेको फोटो प्रयोग गर्नुपर्नछ। अघिल्लो वर्ष डिभी भर्दा प्रयोग गरिएको फोटो मान्य नहुने दुतावासले जनाएको छ। फोटो खिच्दा चस्मा नलगाउन समेत आग्रह गरिएको छ। 

यस्तै म्याद समाप्त नभएको राहदानीको विवरण (राहदानी नम्बर, जारी भएको देश र राहदानीको म्याद समाप्त हुने म्याद) उल्लेख गर्नुपर्नेछ। आवेदन फारम भरिसकेपछि कन्फर्मेशन नम्बरलाई सेभ र प्रिन्ट गर्न दुतावासले आग्रह गरेको छ।

प्रकाशित मिति: २३:१७ बजे, बुधबार, असोज २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्