कोरोना संक्रमितको संख्या बढेसँगै अस्पतालमा बेड अभाव
काठमाडौं, असोज २१ : कोरोना संक्रमितको संख्या बढ्दै गएपछि अस्पतालमा बेडको अभाव देखिन थालेको छ।बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकामा आयोजित नियमित प्रेस ब्रिफिङमा...
काठमाडौं, असोज २१ : कोरोना संक्रमितको संख्या बढ्दै गएपछि अस्पतालमा बेडको अभाव देखिन थालेको छ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकामा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमितको संख्या बढेसँगै अस्पतालमा बेडको अभाव हुन थालेको बताए।
‘संक्रमण वृद्धि भएसँगै अस्पतालमा बेड अभाव हुन थालेको छ। बिरामीहरुलाई पायक पर्ने ठाउँमा बेड उपलब्ध हुन सकेको छैन,’ उनले भने,‘त्यसैले सरकारी र निजी अस्पतालले उपचारको व्यवस्था गर्न आवश्यक छ।’
उनले काठमाडौंमा कोरोना संक्रमित बढ्दै गएकाले संक्रमितको व्यवस्थापन गर्न चुनौती देखा परेको बताए। ‘यही अनुपातमा संक्रमण बढ्ने हो भने अस्पतालहरुले भार थेग्न सक्दैनन्,’ उनले भने।
उनले सामान्य रुघाखोकी लागेका मानिसहरु अस्पताल जाने क्रम बढेको भन्दै श्वास फेर्न गाह्रो भएका, बेहोस हुन खोजेका र पिसाब नलाग्ने र कम हुने समस्या देखिएका व्यक्ति मात्रै अस्पताल जान आग्रह समेत गरे।











