Kathmandu Press

कोरोनाका सक्रिय संक्रमितको संख्या २५ हजार नाघ्यो

काठमाडौं, असोज २१ :  नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको छ। बुधबार देशभर ३४३९ जनामा कोरोना संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या...
कोरोनाका सक्रिय संक्रमितको संख्या २५ हजार नाघ्यो
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतम।

काठमाडौं, असोज २१ :  नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको छ। 

बुधबार देशभर ३४३९ जना कोरोना संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या २५ हजार ७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले जानकारी दिए। 

नेपालमा कोरोना संक्रमितको संख्या बुधबार ९४ हजार २५३ पुगेको छ। संक्रमितमध्ये ६८ हजार ६६८ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ५७८ जनाको मृत्यु भएको छ।
 

प्रकाशित मिति: २२:२७ बजे, बुधबार, असोज २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्