Kathmandu Press

राप्रपालाई निर्वाचन आयोगले दियो मान्यता

काठमाडौं, असोज २१ :  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा संयुक्तको एकीकरणलाई निर्वाचन आयोगले वैधानिकता प्रदान गरेको छ।बुधबार राप्रपा अध्यक्ष कमल थापाले राप्रपाको...
राप्रपालाई निर्वाचन आयोगले दियो मान्यता

काठमाडौं, असोज २१ :  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा संयुक्तको एकीकरणलाई निर्वाचन आयोगले वैधानिकता प्रदान गरेको छ।

बुधबार राप्रपा अध्यक्ष कमल थापाले राप्रपाको एकीकरणलाई निर्वाचन आयोगले वैधानिकता दिएको जानकारी दिएका छन्।  अध्यक्ष थापाले पार्टी एकीकरणले वैधानिकता पाएकोमा खुशी व्यक्त गर्दै २०७३ सालको एकता महाधिवेशनपछि विभाजित भएको पार्टीलाई आफ्नै कार्यकालमा पुन: एकीकृत गर्न सकेकोमा गौरव लागेको बताएका छन्।

एकीकरणपछि अब राप्रपाको झण्डामा ‘गाई’ र चुनावचिन्ह ‘हलो’ हुने भएको छ। अध्यक्ष थापाले आगामी चुनावबाट राप्रपालाई देशको अग्रणी शक्ति बनाउने संकल्प समेत गरेका छन्।

निर्वाचन आयोगलाई धन्यवाद दिँदै थापाले ट्वीटरमा लेखेका छन्, 'अब राप्रपाको झण्डामा ‘गाई’ रहने छ र चुनावचिन्ह ‘हलो’ हुनेछ। राप्रपाको चुनावचिन्ह जनतासम्म पुर्‍याउने प्रचार अभियान अन्तर्गत मेरो सामाजिक सञ्जालको प्रोफाइलमा आजैदेखि ‘हलो’ अंकित गरेको छु।  पार्टीका साथीहरूलाई पनि सो बमोजिम गर्न आग्रह गर्दछु।' 

प्रकाशित मिति: २१:२८ बजे, बुधबार, असोज २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्