Kathmandu Press

कोरोनाका कारण रोकिएको आईसीटी अवार्ड मंसिरमा हुने

काठमाडौं, असोज २१ : आईसीटी अवार्ड–२०२० आगामी मंसिरमा हुने भएको छ। साउन महिनामा हुने अवार्ड कोभिड–१९ का कारणले मंसिरमा गर्न लागिएको अवार्डका संयोजक...
कोरोनाका कारण रोकिएको आईसीटी अवार्ड मंसिरमा हुने

काठमाडौं, असोज २१ : आईसीटी अवार्ड–२०२० आगामी मंसिरमा हुने भएको छ। साउन महिनामा हुने अवार्ड कोभिड–१९ का कारणले मंसिरमा गर्न लागिएको अवार्डका संयोजक राजन लम्सालले बताए।

लिभिङ विट आइसिटी पत्रिकाले प्रत्येक वर्ष सूचना प्रविधिका क्षेत्रमा काम गरिरहेका संस्था, व्यक्तिलाई सन् २०१६ देखि अवार्ड प्रदान गर्दै आइरहेको छ।

Hardik ivf

अवार्डका लागि अहिले छनोट कार्यसमेत भइरहेको उनले बताए। सूचना प्रविधिका क्षेत्रमा विभिन्न १३ विधामा अवार्ड प्रदान गरिन्छ।

अवार्डका लागि अनलाइन आवेदन खुला गरेर अहिले छनोट चरण अन्तिममा पुगेको उनले बताए। अवार्डका लागि करिब ३५० अनलाइन आवेदन फाराम भरेका थिए।

स्टार्टअप आइसिटी अवार्ड, राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, इन्नोभेसन ड्रिभन क्राइसिस रेस्पोन्स आइसिटी अवार्ड, उत्कृष्ट स्टार्टअप अवार्ड, पायोनियर, आन्टरप्रेनर, नेपाली डायस्पोरा, वमन आइकन, मिडिया पर्सन आइसिटी अवार्ड, डिजिटल गभर्नेन्स आइसिटी अवार्ड र डिजिटल एजुकेशन आइसिटी आइसिटी अवार्ड प्रदान गरिन्छ।

 

प्रकाशित मिति: २०:१८ बजे, बुधबार, असोज २१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्