Kathmandu Press

दशैंमा तलेजु मन्दिरमा बली नदिइने, सामान्य पूजा मात्रै हुने

भक्तपुर, असोज २१ : कोरोना भाइरसको संक्रमणका कारण भक्तपुरको तलेजु मन्दिरमा बली नदिइने भएको छ। विजया दशमीको अवसरमा मनाइने भक्तपुरका अन्य जात्रा र...
दशैंमा तलेजु मन्दिरमा बली नदिइने, सामान्य पूजा मात्रै हुने

भक्तपुर, असोज २१ : कोरोना भाइरसको संक्रमणका कारण भक्तपुरको तलेजु मन्दिरमा बली नदिइने भएको छ। विजया दशमीको अवसरमा मनाइने भक्तपुरका अन्य जात्रा र पर्वहरूलाई पनि औपचारिकतामा मात्रै सिमित गरिने भएको छ।

भक्तपुर नगरपालिका र स्थानीय वासिन्दाको बैठकले विजया दशमीको अवसरमा भक्तपुरको तलेजु मन्दिर परिसरभित्र हुने कुनै पनि प्रकारको पूजामा बली नदिने सहमति गरेको हो। त्यस्तै, तलेजु भगवतीको पूजालाई स्वास्थ्य सुरक्षा मापदण्ड र दूरी कायम गरी विधिपूर्वक सामान्य पूजामा मात्र सीमित गर्ने निर्णय भएको जनाएको छ।

दशैँमा मानिसको आवतजावत बढी हुने र यसले कोरोनाको जोखिम बढ्ने सम्भावना रहेकाले सबै जात्रापर्वहरुलाई औपचारिकतामा सिमित गरिएको भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले बताए। ‘यसवर्षको दशैंमा धेरै हुल जम्मा नहुने गरी सहज वातावरणमा सुरक्षित ढंगले सम्पन्न गर्नुपर्ने अवधारणाका साथ अगाडि बढिरहेका छौं,’ उनले भने।

यस्तै घटस्थापनादेखि विजया दशमीको दिनसम्म नगरका विभिन्न शक्ति पीठहरूमा हुने जात्रा, पूजा र नवरात्रीको समयमा बाजा लिई वा नलिई कुनै किसिमले भीड हुने गरी मन्दिरहरूमा नजानको लागि नागरिकलाई आह्वान गर्ने नगरपालिकाले निर्णय गरेको छ। दशैं अवधिभर तलेजु परिसरमा पूजासँग सम्बन्धितबाहेक अन्य नागरिकलाई प्रवेशमा रोक लगाउने निर्णय गरिएको नगरपालिकाले जनाएको छ।

प्रकाशित मिति: १९:५६ बजे, बुधबार, असोज २१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्