Kathmandu Press

सबै परीक्षा सञ्चालन गर्न सरकारको अनुमति

काठमाडाैं, असाेज २१ : सरकारले कोरोना महामारीका कारण स्थगित सबै परीक्षा सञ्चालनका लागि सैद्धान्तिक सहमति प्रदान गरेको छ।सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विश्विद्यालयका तथा...
सबै परीक्षा सञ्चालन गर्न सरकारको अनुमति

काठमाडाैं, असाेज २१ : सरकारले कोरोना महामारीका कारण स्थगित सबै परीक्षा सञ्चालनका लागि सैद्धान्तिक सहमति प्रदान गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विश्विद्यालयका तथा राष्ट्रिय परीक्षा बोर्डलाई जनस्वास्थ्यका मापदण्ड पूरा गरि परीक्षा सञ्चालन गर्न सहमति प्रदान गरेको सरकारका प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलयले गत असोज १९ गते परीक्षासम्बन्धी प्रस्ताव बैठकमा पेश गरेको थियो।

यस्तै, सरकारले तालिम सञ्चालन गर्न सक्ने पनि अनुमति दिएको छ। व्यवसायिक तालिम सञ्चालन गर्ने संस्थाहरूले अब २५ जनाभन्दा कम मानिस सहभागी गराएर छोटो समयका लागि तालिम लिन सक्ने सरकारले जनाएको छ।

प्रकाशित मिति: १८:५४ बजे, बुधबार, असोज २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्