Kathmandu Press

अभिनेत्री रिया चक्रवर्तीलाई रिहा गर्न मुम्बई अदालतको आदेश

मुम्बई, असोज २१ : बलिउड अभिनेता सुशान्तसिंह राजपूतको आत्महत्यापछि पक्राउ परेकी अभिनेत्री रिया चक्रवर्तीलाई मुम्बई अदालतले जमानतमा रिहा गर्न आदेश दिएको छ।सुशान्तको आत्महत्यापछि...
अभिनेत्री रिया चक्रवर्तीलाई रिहा गर्न मुम्बई अदालतको आदेश

मुम्बई, असोज २१ : बलिउड अभिनेता सुशान्तसिंह राजपूतको आत्महत्यापछि पक्राउ परेकी अभिनेत्री रिया चक्रवर्तीलाई मुम्बई अदालतले धराैटीमा रिहा गर्न आदेश दिएको छ।

सुशान्तको आत्महत्यापछि नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) लागूऔषधको मुद्दामा छानबिन गर्न रियालाई नियन्त्रणका लिएको थियो। उनी २८ दिनदेखि हिरासतमा थिइन्।

Hardik ivf

अदालतले रियालाई एक लाख भारतीय रुपैयाँ धराैटीमा रिहा गर्न आदेश दिएको हो। रियालाई छोड्न नहुने भन्दै एनसीबीले स्टे अर्डरका लागि निवेदन दिएको थियो। त्यसलाई पनि मुम्बई हाइ कोर्टले खारेज गरेको छ।

रियाका वकिल सतीश मानेशिन्देले एक महिनाभित्र पैसा जम्मा गर्ने समय दिएको बताए। अब रिया आजै रिहा हुनसक्नेछिन्।

अदालतले रियाका भाइलाई भने छोड्ने आदेश दिएको छैन। रियाका भाइ शौभिक चक्रवर्तीले भने जलेमै बस्नुपर्नेछ।

त्यस्तै, रियासँगै जेलमा रहेका सैमुअल मिरान्डा र दीपेश सावन्तलाई पनि रिहा गर्न आदेश दिएको छ। उनीहरु सुशान्तका स्टाफ हुन्।

 

प्रकाशित मिति: १८:०४ बजे, बुधबार, असोज २१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्