Kathmandu Press

दुई महिने शिशुको मृत्युपछि कोरोना पुष्टि

झापा, असोज २१ : मेची प्रादेशिक अस्पताल भद्रपुरमा मृत्यु भएका दुई महिने शिशुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।अस्पतालबाट शिशुको शव घर लगेपछि...
दुई महिने शिशुको मृत्युपछि कोरोना पुष्टि

झापा, असोज २१ : मेची प्रादेशिक अस्पताल भद्रपुरमा मृत्यु भएका दुई महिने शिशुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

अस्पतालबाट शिशुको शव घर लगेपछि कोरोना संक्रमण भएको रिपोर्ट आएको हो। भद्रपुर नगरपालिका–८ का शिशुलाई निमोनिया भएको थियो।

त्यस्तै, श्वासप्रश्वासमा समस्या भएपछि मंगलबार बिहान अस्पताल भर्ना गरिएको थियो। उपचारका क्रममै उनको ज्यान गएको अस्पतालले जनाएको छ।

कोरोना पुष्टि भएपछि परिवारजन र आसपासका बासिन्दालाई होम क्वारेन्टिनमा बस्न निर्देशन दिइउको छ। भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठसहित नगरपालिकाको स्वास्थ्य शाखाका टोली शिशुको घरमा पुगेको छ।

 

प्रकाशित मिति: १७:३७ बजे, बुधबार, असोज २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्