Kathmandu Press

प्रदेश १ मा थपिए ३३० जना कोरोना संक्रमित

विराटनगर, असोज २० : पछिल्लो २४ घण्टाको समयमा प्रदेश १ मा अहिलेसम्मकै सबैभन्दा बढी ३३० जना कोरोना संक्रमण देखिएको छ।थपिएका संक्रमितमा पुरुष १३५ र...
प्रदेश १ मा थपिए ३३० जना कोरोना संक्रमित
फाइल तस्वीर।

विराटनगर, असोज २० : पछिल्लो २४ घण्टाको समयमा प्रदेश १ मा अहिलेसम्मकै सबैभन्दा बढी ३३० जना कोरोना संक्रमण देखिएको छ।

थपिएका संक्रमितमा पुरुष १३५ र महिला १९५ छन्। मंगलबार थपिएका संक्रमितमा मोरङमा २१०, सुनसरीमा ९१, झापामा १७, सङ्खुवासभामा तीन, उदयपुरमा दुई, धनकुटा र खोटाङमा एक-एक तथा प्रदेश बाहिरका जिल्लाका पाँच जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

प्रदेश १ मा कोरोना संक्रमितको संख्या आठ हजार १०५ पुगेको छ। यस्तै, संक्रमितमध्ये चार हजार १२२ जना निको भएर घर फर्किएका छन्। 

प्रकाशित मिति: ०१:२८ बजे, बुधबार, असोज २१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्