Kathmandu Press

हास्य कलाकार हरिवंश आचार्य दम्पतीलाई कोरोना संक्रमण

काठमाडौं, असोज २० : हास्यकलाकार हरिवंश आचार्य र उनकी श्रीमती रमिलालाई कोरोना संक्रमण भएको छ।सोमबार गरिएको स्वाब परीक्षणको मंगलबार आएको रिपोर्टअनुसार आफूहरूमा संक्रमणा...
हास्य कलाकार हरिवंश आचार्य दम्पतीलाई कोरोना संक्रमण

काठमाडौं, असोज २० : हास्य कलाकार हरिवंश आचार्य र उनकी श्रीमती रमिलालाई कोरोना संक्रमण भएको छ।

स्वाब परीक्षणको मंगलबार आएको रिपोर्टअनुसार आफूहरूमा संक्रमणा पुष्टि भएको कलाकार आचार्यले फेसबुकमार्फत बताएका छन्।

उनले लेखेका छन्, ‘सामान्य लक्षण देखिएकाले हिजो मेरो र श्रीमती रमिलाको पीसीआर परीक्षण गरेका थियौं। हामी दुवैको कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आज आयो।’

कोरोना संक्रमण पुष्टि भएपनि आफूहरुको स्वास्थ्य अवस्था सामान्य भएको आचार्यले बताएका छन्। साथै आफ्नो सम्पर्कमा रहेका सबैलाई परीक्षण गराउन उनले आग्रह गरेका छन्।

प्रकाशित मिति: २३:२५ बजे, मंगलबार, असोज २०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्