Kathmandu Press

पूर्वी तथा मध्य भूभागमा मनसुन अझै सक्रिय हुने

काठमाडौं, असोज २० : अझै केही दिन देशका पूर्वी  तथा मध्य क्षेत्रमा मनसुन सक्रिय हुने भएको छ।  बङ्गालको खाडीमा रहेको न्यूनचापीय क्षेत्रको प्रभावले...
पूर्वी तथा मध्य भूभागमा मनसुन अझै सक्रिय हुने

काठमाडौं, असोज २० : अझै केही दिन देशका पूर्वी  तथा मध्य क्षेत्रमा मनसुन सक्रिय हुने भएको छ।  बङ्गालको खाडीमा रहेको न्यूनचापीय क्षेत्रको प्रभावले नेपालका पूर्वी तथा मध्य भूभागमा मनसुन अझै सक्रिय रहने छ।

अबको एक साता नेपालबाट मनसुन बाहिरिने अवस्था नरहेको मौसमविद् मञ्जु बासीले बताइन्। उनका अनुसार अबको एक साता मनसुन नबाहिरिए पनि निरन्तरको भारी वर्षाको सम्भावना छैन। गत वर्ष पनि मनसुन औसत समयभन्दा केही ढिलो अक्टोबर १२ मा बाहिरिएको थियो। यस वर्ष पनि अक्टोबर १२ सम्म पुग्ने मौसमविद्को अनुमान छ। नेपालबाट मनसुन बाहिरिने औसत समय सेप्टेम्बर २३ हो। 

हाल देशका प्रदेश १, २, गण्डकी र वागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ। राति प्रदेश १, २ वागमती तथा गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली हुने तथा प्रदेश १ र २ का केही स्थानका साथै वागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

राति प्रदेश नं १, २ वागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशमा आंशिक बदली रही प्रदेश नं १ का एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। 

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १७ दशमलव ८ र  अधिकतम तापक्रम २८ दशमलव ७ डिग्री सेल्सियस छ। त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ७ दशमलव शून्य डिग्री र सबैभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ३४ दशमलव ६ डिग्री सेल्सियस छ। 

प्रकाशित मिति: २२:३७ बजे, मंगलबार, असोज २०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्