Kathmandu Press

सांसद शान्ता चौधरीलाई कोरोना संक्रमण

काठमाडौं, असोज २० : नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीलाई कोरोना भाइरसको संक्रमण भएको छ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको पिसिआर परीक्षणमा कोरोना संक्रमण...
सांसद शान्ता चौधरीलाई कोरोना संक्रमण

काठमाडौं, असोज २० : नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीलाई कोरोना भाइरसको संक्रमण भएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको पिसिआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको उनले बताइन्। उनले सोमबार स्वाब परीक्षणका लागि दिएकी थिइन। आज आएको रिपोर्टमा पोजिटिभ देखिएको हो।

उनलाई कोरोनाको लक्षण पनि देखिएको छ। ज्वरो आउने र खोकी लाग्ने गरेको उनले बताइन्।

उनलाई दमको समस्या छ। कोरोना कारण थप समस्या देखिएमा अस्पताल भर्ना हुने उनले बताइन्। अहिले भने उनी होम आइसोलेसनमै बसेकी छन्।

उनले आफ्नो सम्पर्कमा आएका सबैलाई सावधानी अपनाउन र कोरोना परीक्षण गर्न आग्रह गरेकी छन्।

 

प्रकाशित मिति: २०:०२ बजे, मंगलबार, असोज २०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्