'गंगुबाइ कथियावाडी'को सुटिङमा फर्किइन आलिया भट्ट
काठमाडौं, असोज २० : बलिउड अभिनेत्री आलिया भट्ट ६ महिनापछि सुटिङमा फर्किएकी छन्।लकडाउनका कारण रोकिएको बलिउड फिल्म 'गंगुबाइ कथियावाडी'को सुटिङ फेरि सुरु भएको...
काठमाडौं, असोज २० : बलिउड अभिनेत्री आलिया भट्ट ६ महिनापछि सुटिङमा फर्किएकी छन्।
लकडाउनका कारण रोकिएको बलिउड फिल्म 'गंगुबाइ कथियावाडी'को सुटिङ फेरि सुरु भएको छ। सञ्जयलिला भन्सालीको यस फिल्मको मुम्बई स्टुडियोमा सुटिङ सुरु गरिएको हो।
फिल्मको सुटिङका लागि ब्यापक निर्माण गरिएको छ। कामथिरापुराको झल्को दिने गरिन स्टुडियोमा निर्माण गरिएको जनाएको छ।
अहिले यो फिल्मको सुटिङ रातमा भइरहेको छ। आलियाले रातभर सुटिङ गरेको मिड डेले जनाएको छ। साँझ सुरु भएको उनको सुटिङ बिहान मात्रै सकिएको समाचारमा उल्लेख छ।
बलिउड अभिनेता सुशान्तसिंह राजपूतको आत्महत्या पछि बलिउडमा नाताबाद विरुद्ध आवाज उठेको थियो। यसमा धेरैले महेश भट्टलाई टार्गेट बनाएका थिए। यसको चपेटमा आलिया पनि परेकी थिइन्। उनको फिल्मको ट्रेलरलाई सबैभन्दा बढी अनलाइक मिलेको थियो।
तथापि, यो सब बिर्सेर आलिया सुटिङमा व्यस्त रहेको जनाएको छ। निर्देशक भन्साली पनि दुई वर्षपछि नयाँ फिल्ममा काम गरिरहेका छन्। उनले यस अघि सन् २०१८ मा पद्मावत निर्देशन गरेका थिए।












