Kathmandu Press

फेरि बढ्यो सुनको मूल्य

काठमाडौं, असोज २० : सोमबार घटेको सुनको मूल्य मंगलबार फेरि बृद्धि भएको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला ९४ हजार...
फेरि बढ्यो सुनको मूल्य

काठमाडौं, असोज २० : सोमबार घटेको सुनको मूल्य मंगलबार फेरि बृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला ९४ हजार नौ सयमा कारोबार भइरहेको छ। सोमबार ९४ हजार एक सयमा कारोबार भएको थियो।

त्यस्तै, तेजाबी सुन पनि प्रतितोला ९४ हजार चार सयमा कारोबार भइरहेको छ।

मंगलबार चाँदीको मूलय पनि बढेको महासंघले जनाएको छ। सोमबार प्रतितोला एक हजार एक सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार दुई सय रुपैयाँ पुगेको छ।

 

प्रकाशित मिति: १९:२४ बजे, मंगलबार, असोज २०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्