Kathmandu Press

अध्यक्ष कोरोना संक्रमित भएपछि गाउँपालिकाको कामकाज बन्द

सप्तरी, असोज २० : सप्तरीको राजगढ गाउँपालिकाका अध्यक्ष र कृषि शाखाका संयोजक कोरोना संक्रमित भएपछि गाउँपालिकाको कामकाज बन्द गरिएको छ।राजविराजस्थित गजेन्द्रनारायणसिंह अस्पतालको प्रयोगशालामा...
अध्यक्ष कोरोना संक्रमित भएपछि गाउँपालिकाको कामकाज बन्द

सप्तरी, असोज २० : सप्तरीको राजगढ गाउँपालिकाका अध्यक्ष र कृषि शाखाका संयोजक कोरोना संक्रमित भएपछि गाउँपालिकाको कामकाज बन्द गरिएको छ।

राजविराजस्थित गजेन्द्रनारायणसिंह अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दुुबै जनामा कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिकाको कामकाज बन्द गरिएको हो। गाउँपालिकाका अध्यक्ष ६० वर्षीय पुरुष र कृषि शाखाका संयोजक ५७ वर्षीय पुरुषमा आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो। 

गाउँपालिकाका अध्यक्ष परमानन्द यादवले अर्को सूचना नभए सम्मका लागि आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको बताए।  

स्वास्थ्य कार्यालय सप्तरीले गाउँपालिकाका अध्यक्षसहित उनका ४० वर्षीय छोरा, १५ र आठ वर्षीय नाती, ४० वर्षीय चालक तथा कृषि शाखाका संयोजक आइतबार कोरोना संक्रमित भएको जानकारी दिए।

प्रकाशित मिति: १७:३९ बजे, मंगलबार, असोज २०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्