Kathmandu Press

राजको नयाँ गीत 'सोच तिम्रो' सार्वजनिक

काठमाडौं, असोज २० : गायक राज सिग्देलको नयाँ गीत ‘सोच तिम्रो’ सार्वजनिक भएको छ।पदम विश्वकर्माका शब्दमा राम कार्कीले संगति भरेका छन्। यसमा राजको...
राजको नयाँ गीत 'सोच तिम्रो' सार्वजनिक

काठमाडौं, असोज २० : गायक राज सिग्देलको नयाँ गीत ‘सोच तिम्रो’ सार्वजनिक भएको छ।

पदम विश्वकर्माका शब्दमा राम कार्कीले संगति भरेका छन्। यसमा राजको स्वरको जादू चलेको छ।

यो गीतको भिडियोमा दीपक आचार्य र इस्टु कार्कीको अभिनय रहेको छ। यसमा मुना सिलवाल र प्रसन पोखरेललाई पनि देख्न सकिन्छ।

सागर गौतमको छायांकन र अभिनायक शेरचनको सम्पादन रहेको म्युजिक भिडियो सुरेश थापाले निर्देशन गरेका हुन्।

 

प्रकाशित मिति: १७:३७ बजे, मंगलबार, असोज २०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्