Kathmandu Press

श्रीलंकामा सुरक्षा कारबाहीमा ६ बालबालिकासहित १५ जना मारिए

कोलम्बो, वैशाख १४ :  श्रीलंकामा  सुरक्षा निकायले गरेको सुरक्षा कारबाहीका क्रममा १५ जना मारिएका छन्।

सुरक्षा अधिकारीहरुले शनिबार दि....

श्रीलंकामा सुरक्षा कारबाहीमा ६ बालबालिकासहित १५ जना मारिए

कोलम्बो, वैशाख १४ :  श्रीलंकामा  सुरक्षा निकायले गरेको सुरक्षा कारबाहीका क्रममा १५ जना मारिएका छन्।

सुरक्षा अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार शुक्रबार राति भएको सुरक्षा कारबाहीमा परी मारिनेमा ६ जना बालबालिका र तीन जना महिला समेत रहेका छन्। शंकास्पद व्यक्तिहरु लुकेर बसेको सूचनाका आधारमा सुरक्षाकर्मीहरुले घेराहालेर आक्रमण सुरु गरेपछि दोहोरो भिडन्त भएको प्रहरीले जनाएको छ।

देशको पूर्वी ठाउँ काल्मुनाइमा भएको भिडन्तमा परी मृत्यु हुनेमा जियादी पनि रहेका छन्। उनीहरुले आत्मघाती विस्फोट गराएका प्रहरीद्धारा जारी वक्तव्यमा उल्लेख छ। घटनास्थलबाट प्रहरीले शनिबार विहानै शव उठाएको छ। उनीहरुले खोजी अभियान पनि जारी राखेका छन्।

झण्डै २५० भन्दा बढीको मृत्यु हुनेगरी केही दिन अगाडी तीन चर्च र तीन होटलमा भएको हमलामा आफ्नो संलग्नता रहेको भन्दै इस्लामिक स्टेट्स (आईएस) लडाकूले जिम्मेबारी लिएपछि उनीहरु विरुद्ध सरकारी सुरक्षाकर्मीहरुले खोजी तथा कारबाही अभियान तिव्र पारेका छन्।   

श्रीलङ्काको प्रहरी र सेनाले संयुक्त रुपमा सुरु गरेको खोजी तथा कारबाही अभियान आइएस लडाकूको बढी प्रभाव रहेका भनिएका क्षेत्रमा बढी केन्द्रित गरिएको सुरक्षा अधिकारीहरुले जनाएका छन्। सुरक्षा कारबाहीका क्रममा अहिले सम्म सुरक्षाकर्मी तर्फ भने कुनै मानवीय क्षति नभएको प्रहरीले दाबी गरेको छ। घटनाप्रति केही उच्च सुरक्षा अधिकारीहरु नै दोषी रहेको भन्दै उनीहरुलाई बर्खास्त गरिएको छ।  एजेन्सी

प्रकाशित मिति: १६:१६ बजे, शनिबार, वैशाख १४, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्