Kathmandu Press

कोरोना संक्रमण भएपछि दमकका मेयर अस्पताल भर्ना

झापा, असोज २० : झापाको दमक नगरपालिका मेयर रोमनाथ ओलीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।नगरपालिका प्रमुख कार्यकारी अधिकृत गणेश तिम्सिनाका अनुसार सोमबार...
कोरोना संक्रमण भएपछि दमकका मेयर अस्पताल भर्ना

झापा, असोज २० : झापाको दमक नगरपालिका मेयर रोमनाथ ओलीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।

नगरपालिका प्रमुख कार्यकारी अधिकृत गणेश तिम्सिनाका अनुसार सोमबार मेयर ओलीलाई कोरोना सङ्क्रमण पुष्टि भएको हो। उनकी पत्नी र छोरालाई समेत कोरोना पोजेटिभ देखिएको तिम्सिनाले बताए।

मेयर ओलीलाई उपचारका लागि आम्दा हस्पिटलमा भर्ना गरिएको छ। उनकी पत्नी र छोरा भने होम आइसोलेसनमा रहेको प्रमुख कार्यकारी अधिकृत तिम्सिनाले बताए।

नगर प्रमुखसहित एक वडाध्यक्षलाई सङ्क्रमण पुष्टि भएपछि नगरपालिका आजदेखि ४ दिनका लागि बन्द गरिएको छ।

प्रकाशित मिति: १६:३९ बजे, मंगलबार, असोज २०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्