तिब्बती नेता दलाई लामा अस्पताल डिस्चार्ज
भारत, वैशाख १४ : लामो समयदेखि अस्पतालमा उपचार गराइरहेका तिब्बतका धार्मिक नेता दलाई लामा धर्मशाला फर्किएका छन्।
नयाँ जिल्लीस्थीत ....

भारत, वैशाख १४ : लामो समयदेखि अस्पतालमा उपचार गराइरहेका तिब्बतका धार्मिक नेता दलाई लामा धर्मशाला फर्किएका छन्।
नयाँ जिल्लीस्थीत एउटा नीजि अस्पतालमा भर्ना भएका लामा शुक्रबार आफ्नै निवासमा फर्किएको उनका सहयोगीहरुले जनाएका छन्। छातीमा संक्रमण भएर असहज महसुस गरेपछि गत अप्रिल ७ तारिखका दिन उनी अस्पताल भर्ना भएका थिए।
अस्पतालबाट बाहिने क्रममा उनले संचारकर्मीसँग भने,“म पूर्ण रुपमा स्वस्थ भएको छु, मलाई अब कुनै रोगको समस्या छैन। बिरामी हुन केही समस्या भएको थियो, तर अहिले पुरै स्वस्थ भएको छु।” सन् १९८९ मा नोवेल शान्ति पुरस्कार पाएका लामा लामो समयदेखि भारतमा बस्दै आएका छन्।
प्रकाशित मिति: १६:१३ बजे, शनिबार, वैशाख १४, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार












