Kathmandu Press

नेपाली शान्ति सेनाको टोली दक्षिण सुडान प्रस्थान

काठमाडौं, असोज १९ : संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सेनाको एक टोली दक्षिण सुडानतर्फ प्रस्थान गरेको छ।    त्यहाँ तैनाथ शान्ति...
नेपाली शान्ति सेनाको टोली दक्षिण सुडान प्रस्थान

काठमाडौं, असोज १९ : संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सेनाको एक टोली दक्षिण सुडानतर्फ प्रस्थान गरेको छ।
    
त्यहाँ तैनाथ शान्ति मिसनमा खटिन नियमित अदलीबदलीको क्रममा पहिलो टोलीका ७८ जना नेपाली शान्ति सैनिक सोमबार त्यसतर्फ प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

कोभिड–१९ महामारीकाबीच पनि शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप गरिएको उक्त अदलीबदलीमा सम्पूर्ण सुरक्षा सतर्कता तथा प्रोटोकलको पूर्ण पालना गरिएको सेनाले जनाएको छ।

यसैबीच, सुडानमा आफ्नो तोकिएको कार्यकाल पूरा गरीे नेपाली शान्ति सैनिकको एक टोली मंगलबार  स्वदेश आइपुग्दैछ। रासस

प्रकाशित मिति: ००:२५ बजे, मंगलबार, असोज २०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्